१०१ ग्राम ५३० मिलिग्राम खैरो हेरोइनसहित तीन जना पक्राउ
विराटनगर । मोरङको विराटनगर महानगरपालिका–११ बाट लागूऔषध खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा एक जना भारतीय नागरिकसमेत रहेका छन्।
लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वर, काठमाडौंले २०८३ असोज २१ गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार भारतको फत्तेपुर क्षेत्रबाट सुनसरीको देवानगञ्ज हुँदै सीमावर्ती नाका भएर लागूऔषध खैरो हेरोइन भित्र्याई कोशी प्रदेशका …