राजविराज, असोज २० गते ।
कैलाश माझी : जिल्ला निर्वाचन कार्यालय सप्तरीले सप्तकोशी नगरपालिका–३ का चार जना मतदाताको नाममा मृत्यु जनाइएको सूचना सार्वजनिक गरेको छ।
जिल्ला निर्वाचन कार्यालय सप्तरीले २०८३ असोज २० गते जारी गरेको सूचनाअनुसार मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रमअन्तर्गत स्थानीय तहका वडा पञ्जिकरण शाखाबाट मतदाता नम्बर सहित मृत्यु दर्ताका आधारमा नाम हटाउन प्रमाणित गरी पठाइएको विवरणका आधारमा उनीहरूको नाममा मृत्यु जनाइएको हो।
कार्यालयका अनुसार सप्तकोशी नगरपालिका–३ का निम्न चार मतदाताको नाममा मृत्यु जनाइएको छ।
निर्वाचन कार्यालयले स्थानीय पञ्जिकरण शाखाबाट प्राप्त मृत्यु दर्तासम्बन्धी प्रमाणित विवरणका आधारमा मतदाता नामावली अद्यावधिक गर्ने क्रममा उक्त सूचना प्रकाशन गरेको जनाएको छ।
जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख नाम दर्ता अधिकारी रमेशकुमार जोशीले जारी गरेको सूचनामा सम्बन्धित सबैको जानकारीका लागि मृत्यु जनाइएको विवरण सार्वजनिक गरिएको उल्लेख छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।