राजविराज, कात्तिक ९ गते ।
कैलाश माझी : भोटेकोशी नदीमा आएको बाढीका कारण सम्पर्कविहीन भई बेपत्ता भएका व्यक्तिहरूको यकिन विवरण संकलन गर्न जिल्ला प्रशासन कार्यालय सप्तरीले सम्बन्धित परिवारलाई एक दिनभित्र निवेदन पेस गर्न आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले आइतबार अत्यन्त जरुरी सूचना जारी गर्दै २०८३ भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका समयमा सप्तरी जिल्लाबाट रोजगारी, पर्यटन तथा अन्य कार्यका लागि सम्बन्धित जिल्लामा रहेका र बाढीका कारण सम्पर्कविहीन भएका व्यक्तिहरूको विवरण संकलन भइरहेको जनाएको हो।
प्रशासनका अनुसार बेपत्ता भएका व्यक्तिहरूको यकिन विवरण संकलन गर्ने कार्य सम्बन्धित वडा कार्यालयमार्फत भइरहेको छ। त्यसैले त्यस्ता व्यक्तिका परिवारले सूचना प्रकाशित भएको मितिले एक दिनभित्र आ–आफ्नो वडा कार्यालयमा सम्पर्क गरी आवश्यक निवेदन पेस गर्न आग्रह गरिएको छ।
बेपत्ता व्यक्तिहरूको वास्तविक अवस्था पहिचान गर्न तथा आवश्यक विवरण संकलन प्रक्रियालाई प्रभावकारी बनाउन प्रशासनले सम्बन्धित सबै परिवारलाई समयमै निवेदन पेस गर्न अनुरोध गरेको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।