प्रहरी देखेपछि भाग्न खोज्दा हवाई फायर, हेरोइनसहित दुई भारतीय पक्राउ
भैरहवा, भदौ १५ गते ।
लागू औषध नियन्त्रण ब्यूरोले नवलपरासी पश्चिममा १५८ ग्राम खैरो हेरोइनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
भारतबाट खैरो हेरोइन खरिद गरी लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा बिक्री गर्ने गिरोहमाथि निगरानी गर्ने क्रममा लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको …