कञ्चनरुपमा छात्रवृत्ति दोहोरो निकासा, अनियमितता छोप्न पत्रकारमाथि हातपात : स्थानीय तहमा प्रशासनिक मिलेमतोको पर्दाफास
कञ्चनरुप (सप्तरी)। कञ्चनरुप नगरपालिका–११ गोरपारस्थित मदरसा मुमताजुल उलुम को विद्यालय व्यवस्थापन सूचना प्रणाली (IMIS) मा एउटै कक्षामा विभिन्न विद्यालयका विद्यार्थीहरूको नाम राखी छात्रवृत्ति र दिवाखाजा समेतको रकम दोहोरो निकासा गरिएको खुलासा भएपछि स्थानीय तहमा मौलाएको स्रोत दुरुपयोगको चरित्र फेरि उजागर भएको छ। अनियमितता छोप्ने प्रयाससहित उल्टै पत्रकारमाथि हातपात र दमन …