"भोट गुम्छ कि भनेर बाँकी संरचना जोगाइयो? वडाको डोजर नीति विवादमा"
कैलाश माझी, सप्तकोशी
सप्तकोशी नगरपालिका–१० स्थित भगनी चौकमा सार्वजनिक नाली निर्माणका लागि अवैध रूपमा बनेका संरचना हटाउने प्रयास सोमबारबाट सुरु भएको छ। वडाध्यक्ष हरिलाल साहको नेतृत्वमा डोजर लगाएर एक घर भत्काइएको भए पनि अन्य संरचनाहरू भने यथावत् रहेका छन्। वडाको यो कार्यप्रति स्थानीय बासिन्दा आक्रोशित भएका छन्।