बाढीको पीडामा रहेका बालबालिकाको ‘डिजिटल शोषण’ रोक्न बाल अधिकार परिषद्को आग्रह
काठमाडौं, भदौ १५ गते ।
कैलाश माझी : राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट पीडित तथा प्रभावित बालबालिकाको फोटो तथा भिडियो सामाजिक सञ्जाल र सञ्चारमाध्यममा सार्वजनिक नगर्न आग्रह गरेको छ।
परिषद्ले सोमबार विज्ञप्ति जारी गर्दै बाढी प्रभावित बालबालिकाको उद्धार, राहत, सहयोग तथा अन्य सेवा उपलब्ध गराउँदा …