बराहक्षेत्रबाट लागूऔषधसहित दुई युवक पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सुनसरी, भदौ १३ गते ।

कैलाश माझी : सुनसरीको बराहक्षेत्र नगरपालिकाबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध ट्याब्लेट तथा क्याप्सुलसहित दुई युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार २०८३ साल भदौ १२ गते राति करिब ९ बजे बराहक्षेत्र नगरपालिका–११ स्थित मधुवन बजारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगर र प्रहरी चौकी मधुवनबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

लौकहीबाट प्रकाशपुरतर्फ आउँदै गरेको प्र.०१–०२–०५२ प ९४०३ नम्बरको मोटरसाइकललाई शंका लागेर चेकजाँच गर्दा मोटरसाइकल चालक बराहक्षेत्र नगरपालिका–१० बस्ने १९ वर्षीय दिप कार्की र पछाडि सवार सोही स्थानका १९ वर्षीय कृष्ण आचार्यको साथबाट लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरूको साथबाट Tramadol ६५० क्याप्सुल र SPASREST ५० ट्याब्लेट फेला परेको थियो। लागूऔषध र प्रयोग भएको मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय महेन्द्रनगर, सुनसरीमा ल्याइएको छ।

पक्राउ परेका दुवै जनामाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।