देवानगञ्जमा गोठभित्र लुकाइएको ४१३ किलो गाँजा बरामद
सुनसरी, भदौ १० गते ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्यहर्षाहीबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ।
लागूऔषध गाँजा लुकाईछिपाई राखिएको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय देवानगञ्जबाट खटिएको प्रहरी टोलीले बुधबार बिहान करिब ९ बजे रामजानकी मन्दिर पछाडिको गोठमा खानतलासी गरेको थियो।
खोजतलासका क्रममा गोठभित्र कालो प्लास्टिकले बेरिएको …