झापा — झापाको बाह्रदशी गाउँपालिका–१ भागडुब्बास्थित सडकमा बसले मोटरसाइकललाई ठक्कर दिँदा १८ वर्षीय मोटरसाइकल चालकको मृत्यु भएको छ भने पछाडि सवार एक जना घाइते भएका छन्।
प्रहरीका अनुसार २०८३ असोज १२ गते बिहान करिब १०ः४५ बजे भागडुब्बाबाट राजगढतर्फ आउँदै गरेको प्र.१–०१–००१ ख ३५२४ नम्बरको बसले विपरीत दिशाबाट जाँदै गरेको प्र.१–०१–०१४ प ११९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक बाह्रदशी गाउँपालिका–४ का १८ वर्षीय करण राजवंशी र पछाडि सवार सोही स्थानका १९ वर्षीय अजय राजवंशी घाइते भएका थिए।
घाइते दुवै जनालाई उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल लगिएको थियो। उपचारकै क्रममा मोटरसाइकल चालक करण राजवंशीलाई दिउँसो १२ः१० बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
पछाडि सवार अजय राजवंशीको अवस्था मध्यम रहेको जनाइएको छ।
दुर्घटनामा संलग्न मोटरसाइकल, बस तथा बस चालक बाह्रदशी गाउँपालिका–१ सालघारीका करिब ४१ वर्षीय धनबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।