गौर हत्याकाण्ड : १९ वर्षपछि उपेन्द्र यादवसहितमाथि अनुसन्धान गर्न सर्वोच्चको परमादेश
कैलाश माझी,सप्तरी : १९ वर्षअघिको गौर हत्याकाण्डमा तत्कालीन मधेसी जनअधिकार फोरमका नेता तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवमाथि पनि अनुसन्धान अघि बढाउन सर्वोच्च अदालतले परमादेश जारी गरेको छ।
सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार जिल्ला प्रहरी कार्यालय रौतहटलाई गौर हत्याकाण्ड सम्बन्धी मुद्दामा यादवमाथि अनुसन्धान अगाडि बढाउन आदेश दिएको हो।
…