कैलाश माझी । सुनसरी
सुनसरीको धरान उपमहानगरपालिका–१ स्थित भगवती स्कुल क्षेत्रबाट प्रहरीले लागू औषध क्याप्सुलसहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार २०८३ जेठ २३ गते दिउँसो करिब ३:१५ बजे अस्थायी प्रहरी चौकी जोरसखुवा, धरानबाट खटिएको प्रहरी टोलीले पैदल हिँडिरहेका दुई जनामाथि शंका लागेर चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा धरान–१ निवासी २७ वर्षीय त्रिमणी बज्राचार्यले बोकेको झोलाभित्रबाट ट्रामाडोल ५४० क्याप्सुल र डिकोलिक ४७० क्याप्सुल गरी जम्मा १ हजार १० क्याप्सुल लागू औषध फेला परेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा धरान–१ कै ३३ वर्षीय संजय कुमार सिंह र त्रिमणी बज्राचार्यलाई नियन्त्रणमा लिइएको छ।
बरामद लागू औषधसहित दुवै जनालाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिएका छन्।
प्रहरीले लागू औषध नियन्त्रण अभियानलाई निरन्तरता दिँदै यस्ता अवैध गतिविधिमा संलग्न व्यक्तिविरुद्ध कडा निगरानी र कारबाही जारी राखेको जनाएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।