काठमाडौं, भदौ २४ ।
कैलाश माझी : स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत अनलाइन आवद्धता तथा नवीकरण प्रक्रियालाई थप सरल, सहज, पारदर्शी र प्रविधिमैत्री बनाउन HIB e-Portal सञ्चालनमा ल्याएको जनाएको छ।
बोर्डले बुधबार जारी गरेको सूचनाअनुसार स्वास्थ्य बीमा नवीकरण गर्नुअघि परिवारका सबै सदस्यको KYC विवरण अध्यावधिक (KYC Update) गर्नुपर्ने व्यवस्था गरिएको छ।
बोर्डका अनुसार २०८३ भदौ २५ गतेदेखि KYC Update नगरी ConnectIPS, eSewa र Khalti लगायतका माध्यमबाट सिधै स्वास्थ्य बीमा नवीकरण गर्ने व्यवस्था बन्द गरिनेछ।
अब बीमितले पहिले HIB e-Portal (eportal.hib.gov.np) मार्फत आफ्नो पुरानो बीमा विवरण Sync गरी परिवारका सबै सदस्यको KYC अनिवार्य रूपमा अध्यावधिक गर्नुपर्नेछ। KYC अध्यावधिक भएपछि भने ConnectIPS, eSewa र Khalti लगायतका माध्यमबाट समेत पुनः सिधै नवीकरण गर्न सकिने बोर्डले जनाएको छ।
स्वास्थ्य बीमा बोर्डले सम्पूर्ण बीमितलाई HIB e-Portal मार्फत पुरानो बीमा विवरण Sync गरी KYC अध्यावधिक गर्न र सोही पोर्टलबाट स्वास्थ्य बीमा नवीकरण गर्न अनुरोध गरेको छ।
बोर्डका वरिष्ठ मेडिकल सुपरिटेण्डेण्ट तथा प्रवक्ता डा. पवन कुमार साहद्वारा जारी सूचनामा नयाँ व्यवस्थाले स्वास्थ्य बीमा नवीकरण प्रक्रियालाई थप व्यवस्थित र सहज बनाउने उल्लेख गरिएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।