कञ्चनपुर इलाका प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र सेवा चार दिन स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सप्तरी, कार्तिक १० गते ।

कैलाश माझी : सप्तरीको कञ्चनपुरस्थित इलाका प्रशासन कार्यालयबाट प्रदान हुँदै आएको राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा चार दिनका लागि स्थगित गरिएको छ।

कार्यालयमा रहेको राष्ट्रिय परिचयपत्र विवरण संकलन केन्द्रको ल्यापटप मर्मत गर्नुपर्ने भएकाले २०८३ कात्तिक १० गते मंगलबार बिहान ११ः४५ बजेदेखि कात्तिक १३ गते शुक्रबारसम्म सेवा स्थगित गरिएको कार्यालयले जनाएको छ।

इलाका प्रशासन कार्यालय कञ्चनपुरले अत्यन्त जरुरी सूचना जारी गर्दै सेवा स्थगनबारे सम्बन्धित सबैलाई जानकारी गराएको हो।

कार्यालयका अनुसार राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवाबारे थप जानकारी लिन दर्ता अपरेटर पवनकुमार गुप्तालाई ९८०७०८६२८० वा कार्यालय सहयोगी रामानन्दकुमार यादवलाई ९८०५९२१६०० मा सम्पर्क गर्न सकिनेछ।

ल्यापटप मर्मतपछि सेवा पुनः सञ्चालन हुने अपेक्षा गरिएको छ। सेवाग्राहीलाई कार्यालय जानुअघि सेवा सञ्चालनको अवस्थाबारे जानकारी लिन आग्रह गरिन्छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।