सप्तरी, कार्तिक १० गते ।
कैलाश मस्झी : राष्ट्रिय परीक्षा बोर्डले कक्षा ९ को अनलाइन रजिस्ट्रेसन इन्ट्री खुला गरेपछि शिक्षा विकास तथा समन्वय इकाइ सप्तरीले जिल्लाका सबै माध्यमिक विद्यालयलाई रजिस्ट्रेसन इन्ट्री तथा रुजु कार्यका लागि समन्वय गर्न आग्रह गरेको छ।
शिक्षा विकास तथा समन्वय इकाइ सप्तरीले २०८३ कात्तिक १० गते सूचना जारी गर्दै यस वर्ष एसईई परीक्षामा सहभागी हुने विद्यार्थीहरूको रजिस्ट्रेसन इन्ट्री तथा रुजु कार्यका लागि इकाइको परीक्षा शाखामा यथाशीघ्र सम्पर्क गर्न विद्यालयहरूलाई अनुरोध गरेको हो।
इकाइका अनुसार राष्ट्रिय परीक्षा बोर्डबाट प्राप्त सूचनाबमोजिम कक्षा ९ को अनलाइन रजिस्ट्रेसन इन्ट्री कार्य खुला भइसकेको छ। त्यसैले एसईई परीक्षामा सहभागी हुने विद्यार्थीहरूको रजिस्ट्रेसनसम्बन्धी प्रक्रिया समयमै पूरा गर्न विद्यालयहरूलाई आग्रह गरिएको छ।
इकाइ प्रमुखको जिम्मेवारीमा रहेका वीरेन्द्र कुसियैतद्वारा जारी सूचनामा सबै माध्यमिक विद्यालयलाई रजिस्ट्रेसन इन्ट्री तथा विवरण रुजु कार्यका लागि परीक्षा शाखासँग अभिलम्ब समन्वय गर्न भनिएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।