सर्लाहीमा १०९ केजी गाँजासहित दुई भारतीय नागरिक पक्राउ
सर्लाही, साउन १८।
सर्लाहीको लालबन्दी नगरपालिका–१ स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर अगाडिबाट करिब १०९ केजी गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर र इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बागमतीबाट जनकपुरतर्फ जाँदै गरेको BR 09 M 3766 नम्बरको भारतीय …