गोलबजारमा कर्फ्यु खुकुलो, बिहान १० बजेदेखि साँझ ७ बजेसम्म आवागमन खुला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सिरहा, साउन १७।

कैलाश माझी : सिरहाको गोलबजार नगरपालिका क्षेत्रमा जारी कर्फ्यु आदेश आंशिक रूपमा खुकुलो पारिएको छ।

जिल्ला प्रशासन कार्यालय सिरहाले सुरक्षा अवस्थाको विश्लेषणपछि साउन १७ गते बिहान १०:०० बजेदेखि साँझ ७:०० बजेसम्म कर्फ्यु खुकुलो गर्ने निर्णय गरेको हो।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचनाअनुसार स्थानीय परिस्थितिको थप मूल्याङ्कनपछि कर्फ्यु अझ खुकुलो पार्ने वा पूर्ण रूपमा हटाउने विषयमा पुनः निर्णय गरिने जनाएको छ।

प्रशासनले कर्फ्यु खुकुलो पारिएको अवधिमा गोलबजार क्षेत्र हुँदै सञ्चालन हुने लामो दूरीका सवारीसाधन सञ्चालनमा आवश्यक सहजीकरण गरिने जनाएको छ।

यद्यपि, उक्त अवधिमा पनि पाँच जनाभन्दा बढी व्यक्ति समूहमा भेला हुन नपाउने व्यवस्था कायम रहने प्रशासनले स्पष्ट पारेको छ।

जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई संयमता अपनाउन, प्रशासनको निर्देशन पालना गर्न तथा जिल्लाको शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सहयोग गर्न आग्रह गरेको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।