जेन्जी आन्दोलनमा लुटिएको सटगन झापाबाट बरामद, एक जना पक्राउ
झापा, भदौ ७ गते ।
जेन्जी आन्दोलनका क्रममा लुटिएको भनिएको एक थान सटगनसहित एक जना युवकलाई प्रहरीले झापाको दमकबाट पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका–६ घर भई हाल दमक नगरपालिका–१ रातोपुलस्थित एएक्स इन्टरप्राइजेज मोटरसाइकल ग्यारेजमा काम गर्दै आएका २० वर्षीय सुमन कर्ण रहेका …