सुनसरीमा ब्राउन सुगर जस्तो देखिने पदार्थ र नगदसहित युवक नियन्त्रणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सुनसरी । सुनसरीको इटहरीबाट प्रहरीले ब्राउन सुगर जस्तो देखिने पदार्थ र नगदसहित एक जना युवकलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले २०८३ असोज ४ गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार, सोही दिन अपराह्न करिब ४ः३० बजे इटहरी उपमहानगरपालिका–५ स्थित तुलसा टोलमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले पैदल हिँडिरहेका स्थानीय २३ वर्षीय बसन्त खत्रीलाई शंकाका आधारमा चेकजाँच गरेको थियो।

प्रहरीका अनुसार खानतलासी गर्दा खत्रीको साथबाट ०.३६ ग्राम (३६० मिलिग्राम) ब्राउन सुगर जस्तो देखिने पदार्थ र ४ हजार ९ सय ३५ रुपैयाँ नगद फेला परेको थियो।

बरामद पदार्थ र नगदसहित खत्रीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय इटहरीमा ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिएका छन्।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।