सर्लाहीमा १० हजार ५३४ थान लागुऔषध ट्याब्लेटसहित दुई जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सर्लाही । सर्लाहीको हरिवन नगरपालिका–९ स्थित पूर्व जाने बस काउण्टरको पछाडिबाट प्रहरीले १० हजार ५३४ थान लागुऔषध ट्याब्लेटसहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार २०८३ असोज ४ गते बरहथवाबाट नयाँरोडतर्फ आउँदै गरेको अनटेस्ट एफजेड मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार दुई जनालाई लागुऔषधसहित नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा बागमती नगरपालिका–१०, सोल्टी बजार बस्ने पुलकित महतोका छोरा अन्दाजी ४४ वर्षीय प्रदीप महतो र चन्द्रपुर नगरपालिका–१, पौराही टोल बस्ने कुल थापाका छोरा अन्दाजी २८ वर्षीय सुरज थापा रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले मोटरसाइकलको बीच भागमा प्लास्टिकको बोरा र एउटा झोलामा लुकाइछिपाई विभिन्न प्रकारका ट्याब्लेट ल्याइरहेका थिए।

बरामद भएका लागुऔषधमा SPAS GLENPARA लेखिएको २ हजार १४ थान, ANTIKOF लेखिएको ३ हजार ५०६ थान, MEFTAL SPAS लेखिएको १ हजार ५०० थान र TAPENTADOL लेखिएको ३ हजार ५१४ थान ट्याब्लेट रहेका छन्।

प्रहरीले बरामद लागुऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।