१ लाख ८६ हजार रुपैयाँ जरिवाना तोकिएकी फरार प्रतिवादी पक्राउ
राजविराज, असार १
कैलाश माझी : जिल्ला प्रहरी कार्यालय सप्तरीले अदालतबाट फैसला भई लामो समयदेखि फरार रहेकी एक प्रतिवादीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले फैसला कार्यान्वयनको क्रममा सम्मानित सप्तरी जिल्ला अदालत, राजविराजबाट लेनदेन (विगो) मुद्दामा दोषी ठहर भई जरिवाना तोकिएकी फरार प्रतिवादी तेतरी यादवनीलाई पक्राउ गरेको हो।
…