फेसबुक पेजसहित सामाजिक सञ्जाल माथी प्रेस काउन्सिलको निगरानी
काठमाडौँ-प्रेस काउन्सिल नेपालले फेसबुक पेजसहित सामाजिक सञ्जालका समाचार सामग्रीमाथि निगरानी थालेको छ। सञ्चार माध्यमसँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल र युट्युब च्यानल तथा फेसबुक पेजको सञ्चार सामग्रीको काउन्सिलले अनुगमन थालेको हो।
सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीलाई तथ्यपूर्ण र विश्वसनीय बनाउन काउन्सिलले कार्यविधि बनाई काम सुरू गरेको जनाएको छ। मिडियाको नियामक निकाय काउन्सिलले …