इसेवामा रहेका चारहजार खाताबाट एककरोड रुपैयाँ चोरी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सप्तरी । मोबाइलमा आउने अलर्टबाटै चारहजार जनाको इसेवाबाट एककरोड रुपैयाँभन्दाबढी रकम चोरी भएको छ ।काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले चोरीमा संलग्न कन्चनपुरका २२ वर्षिय राहुल बुढालाई पक्राउ गरेपछि यसको खुलासा भएको हो ।उनले मोबाइलमा एकैसाथ धेरैलाई पठाउन मिल्ने र विभिन्न अवसरमा सरकार र आधिकारीक संस्थाले प्रयोगगर्ने एटी अलर्ट मार्फत फिसिङ लिंक पठाएर इसेवाट रकम चोरी गरेका थिए ।

एसपी अंगुर जिसीका अनुसार बुढाले विभिन्न व्यक्तिहरुलाई एसएमएस मार्फत द अलर्ट र एटी अलर्टजस्ता फिसिङ लिंक पठाएर तपाईको खाता बन्द हुन लागेको भनी चेतावनी दिई भेरिफाइको लागि लिंक खोल्न लगाएर ईसेवामा अनाधिकृत पहुँच पुऱ्याएका थिए ।

उनले यसरी ४ हजार भन्दाबढी व्यक्तिहरुको ईसेवामा रहेको मौज्दात रकम पशुपति ग्लोबल इनोभेसन प्राइभेट लिमिटेडको मर्चेन्ट खाताहरुमा एक करोड दुइलाख रूपैयाँ बराबरको रकम ट्रान्सफर गरी रकम चोरी गरेको खुलेको हो ।प्रहरीले बुढालाई कालीमाटीबाट पक्राउ गरेर आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर, भद्रकाली, काठमाण्डौ पठाएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।