काठमाडौं : नेपाली बजारमा बजारमा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ।
हिजो १७ सयले तोलामा घटेको सुन आज २७ सयले बढेर अहिलेसम्मकै उच्च मूल्य कायम भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको एक लाख ८७ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि मंगलबार सुन तोलामा एक लाख ८४ हजार ३ सयमा कारोबार भएको थियो।
त्यस्तै चाँदीको मूल्यमा पनि बढेको छ। चाँदी तोलामा १० रुपैयाँले घटेर १९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।