इनरुवा–६ बाट भन्सार छलीका पूजा सामग्री बरामद

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सुनसरी । सुनसरीमा प्रहरीले भन्सार छली अवैध रूपमा ल्याउँदै गरेको करिब १ लाख ८० हजार रुपैयाँ बराबरका पूजा सामग्री बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार २०८३ साल असोज १३ गते दिउँसो करिब ३ बजे अस्थायी प्रहरी पोष्ट सखुवागाछीबाट खटिएको प्रहरी टोलीले इनरुवा नगरपालिका–६, शुक्रबारे क्षेत्रबाट भन्सार छली ल्याउँदै गरेको अवस्थामा ती पूजा सामग्री बरामद गरेको हो।

प्रहरी टोलीले शंकास्पद रूपमा ल्याइँदै गरेका सामग्री जाँच गर्ने क्रममा भन्सार छली गरी अवैध रूपमा ल्याइएको अन्दाजी १ लाख ८० हजार रुपैयाँ मूल्य बराबरका विभिन्न पूजा सामग्री फेला पारेको जनाएको छ।

बरामद गरिएका पूजा सामग्री आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई राखिएको प्रहरीले जनाएको छ।

घटनासम्बन्धी थप प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सहायक सूचना अधिकारी प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिएका छन्।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।