विराटनगरमा ठूलो परिमाणको हेरोइन बरामद, दुई जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विराटनगर 

कैलाश माझी : लागूऔषध नियन्त्रण ब्यूरोले २८९ ग्राम ७२० मिलिग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय रानी, मोरङबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपाल प्रवेश गर्ने व्यक्तिमाथि निगरानी गर्ने क्रममा असार १४ गते विराटनगर महानगरपालिका–१५ बाट भारतको पश्चिम बंगाल राज्य, दक्षिण दिनाजपुर जिल्ला, गंगारामपुर थाना क्षेत्रका ३२ वर्षीय चंचल सिकदारलाई २८९ ग्राम ७२० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा उक्त लागूऔषध लिन काठमाडौंबाट सुनसरी पुगेका जुम्लाको चन्दननाथ गाउँपालिका–८ का २५ वर्षीय तेज रावललाई पनि सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारीबाट पक्राउ गरिएको छ।

उनको साथबाट बागमती प्रदेश ०२–०२४ प ०१७७ नम्बरको मोटरसाइकल र नगद ४ लाख ७१ हजार रुपैयाँ समेत बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनाविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा इलाका प्रहरी कार्यालय रानी, विराटनगरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।