राजविराज, असार २४।
कैलाश माझी : सप्तरी प्रहरीले ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार पक्राउ पर्नेमा खडक नगरपालिका–११, बनौली निवासी ४५ वर्षीय जिवछ प्रसाद साह रहेका छन्।
प्रहरीका अनुसार २०८३ असार १३ गते साँझ करिब ७:४५ बजे खडक नगरपालिका–११ स्थित पश्चिम हलाकी राजमार्गअन्तर्गतको कल्भर्ट नजिक प्रतिवादीले पीडितमाथि अश्लील शब्द प्रयोग गर्दै धारिलो हतियारले शरीरका विभिन्न भागमा प्रहार गरेको आरोप छ। घटनापछि उनी फरार रहेका थिए।
फरार प्रतिवादीको खोजतलास गर्ने क्रममा प्रहरीले असार २४ गते खडक नगरपालिका–११, बनौलीबाट उनलाई पक्राउ गरेको जनाएको छ।
पीडित कृष्ण कुमार साह ले दिएको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय कल्याणपुरमा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा दर्ता भएको थियो।
पक्राउ परेका साहलाई सप्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हेमराज घिमिरे ले जानकारी दिएका छन्।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।