सुनसरीमा ठूलो परिमाणमा गाँजा बरामद, चालकको खोजी जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सुनसरी । सुनसरीमा प्रहरीले ५ सय ६४ किलो गाँजा जस्तो देखिने पदार्थसहित सुमो गाडी नियन्त्रणमा लिएको छ। गाडीका चालक भने प्रहरीलाई देखेपछि फरार भएका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीले २०८३ असोज १५ गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार असोज १४ गते राति करिब ११ः४० बजे बर्जु गाउँपालिका–२ स्थित विराटनगर–बेलाहा सडकखण्डमा चेकजाँचका क्रममा उक्त सुमो नियन्त्रणमा लिइएको हो।

इलाका प्रहरी कार्यालय सितागञ्ज, प्रहरी चौकी अमडुवा र बीओपी अमडुवाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले विराटनगरबाट बेलाहातर्फ जाँदै गरेको बा.१२ च १७३८ नम्बरको सुमोलाई चेकजाँच गर्ने क्रममा चालकले गाडी छाडेर फरार भएको प्रहरीले जनाएको छ।

गाडीको खानतलासी गर्दा भित्र गाँजा जस्तो देखिने पदार्थ ५६४ किलोग्राम फेला परेको प्रहरीले जनाएको छ।

बरामद पदार्थ र सुमो गाडीलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दुहबी, सुनसरीमा ल्याइएको छ।

फरार चालकको पहिचान तथा खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।