बारामा १५५ किलो ६३५ ग्राम गाँजासहित कार चालक पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

बारा । बाराको जितपुर–सिमरा उपमहानगरपालिका–८ इमलीप्रतिबाट १५५ किलो ६३५ ग्राम लागूऔषध गाँजासहित कार चालक पक्राउ परेका छन्।

प्रहरीका अनुसार २०८३ असोज १६ गते बिहान करिब ९ बजे विशेष सूचनाका आधारमा मनहरीबाट वीरगन्जतर्फ जाँदै गरेको बा.१३ च ४७३४ नम्बरको कार नियन्त्रणमा लिइएको थियो।

कारलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय सिमरा, बारामा ल्याई चेकजाँच गर्ने क्रममा रातो प्लास्टिकले बेरी लुकाइछिपाई ल्याएको अवस्थामा १५५ किलो ६३५ ग्राम लागूऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

गाँजासहित पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका–१ बस्ने २८ वर्षीय अम्बिर डिम्डुङ रहेका छन्।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएको कार, बरामद गाँजा तथा पक्राउ परेका चालकलाई इलाका प्रहरी कार्यालय सिमरा, बारामा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।