मोरङ । मोरङ प्रहरीले लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–९ का ३३ वर्षीय नरेश खडगी र ३५ वर्षीय कृष्णा राई रहेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार २०८३ असोज १८ गते विराटनगर महानगरपालिका–१६ स्थित दरैया चोकमा इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई शंकाका आधारमा चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा कृष्णा राईको साथबाट लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ ४.४७ ग्राम फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले खडगी र राई दुवैलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रानीमा ल्याएको छ। बरामद पदार्थसहित उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।