डेढ करोड बिगोको बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौंमा पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । एक करोड ५० लाख रुपैयाँ बिगो रहेको बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौंको बुद्धनगरबाट पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय बाँकेको २०८३ असोज १४ गतेको पत्रका आधारमा खोजतलास गर्ने क्रममा प्रहरी वृत्त बानेश्वरबाट खटिएको टोलीले बाँके, नेपालगञ्ज उपमहानगरपालिका–२ का ४२ वर्षीय दिपेन्द्र शाहीलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार शाहीलाई २०८३ असोज १७ गते राति करिब ९ बजे काठमाडौंको बुद्धनगरबाट पक्राउ गरिएको हो।

पक्राउ परेका शाहीविरुद्ध बैंकिङ कसुर मुद्दामा एक करोड ५० लाख रुपैयाँ बिगो कायम रहेको प्रहरीले जनाएको छ।

पक्राउपछि आवश्यक कारबाहीका लागि शाहीलाई जिल्ला प्रहरी कार्यालय बाँके पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।