सर्लाही । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट पेस्तोल बरामद भएको छ। प्रहरीले पेस्तोलसहित मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
प्रहरीका अनुसार २०८३ असोज १९ गते राति करिब १ बजे जनकपुरबाट मदनपुरस्थित घरतर्फ आउँदै गरेको BR30Y 2853 नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटनामा परेको थियो।
दुर्घटनामा कबिलासी नगरपालिका–३ मदनपुरका ३३ वर्षीय तुलसी ठाकुर घाइते भएका थिए। उनको दाहिने गाला र बायाँ हातमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि प्रहरीले ठाकुरलाई जाँच गर्ने क्रममा उनको साथबाट सिक्सर पेस्तोल एक थान फेला पारेको जनाएको छ। प्रहरीले उक्त पेस्तोल बरामद गरी पेस्तोलसहित ठाकुरलाई नियन्त्रणमा लिएको हो।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।