खैरो हिरोइनसहित तीन जना पक्राउ, सिरहाबाट काठमाडौं जाँदै गरेको बसमा प्रहरीले गर्यो चेकजाँच
कैलाश माझी, सिरहा : सिरहामा प्रहरीले खैरो हिरोइन जस्तो देखिने लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहा, लागूऔषध नियन्त्रण ब्युरो शाखा गोलबजार तथा इलाका प्रहरी कार्यालय विष्णुपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार मिति २०८३ साल ०२ महिनाको ०५ गते साँझ …