युवतीमाथि अभद्र व्यवहारको भिडियो भाइरल, विराटनगरबाट दुई जना पक्राउ
विराटनगर, भदौ १९ गते ।
कैलाश माझी : सार्वजनिक स्थलमा विद्यालय पोशाकमा हिँडिरहेका दुई युवतीमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले विराटनगरबाट दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार २०८३ भदौ १९ गते दिउँसो करिब १२ः३० बजे विराटनगर महानगरपालिका–९ स्थित महेन्द्रचोकमा मोटरसाइकलमा सवार दुई पुरुषले सडकमा हिँडिरहेका विद्यालय पोशाकमा …