सप्तरीमा स्कार्पियोबाट सवा ७ क्विन्टल गाँजा बरामद, चालक फरार
राजविराज, माघ २६ गते ।
सप्तरीको बोदे बरसाइन नगरपालिका–३ स्थित हुलाकी राजमार्गबाट तस्करी हुँदै गरेको सवा सात क्विन्टल गाँजा प्रहरीले बरामद गरेको छ । शनिबार बिहान करिब १ः३० बजे बिहुल पुलभन्दा १०० मिटर पूर्वतर्फ एक स्कार्पियोबाट झार्दै गरेको अवस्थामा प्रहरीले ७ क्विन्टल २६ किलो गाँजा बरामद गरेको हो ।