असारे विकास : बजेट सकाउने होडमा विनाशको खेती
कैलाश माझी, सप्तरी - नेपालमा आर्थिक दृष्टिकोणले आर्थिक वर्षको अन्तिम दुई महिना — जेठ र असार — अत्यन्तै संवेदनशील मानिन्छन्। सरकारको परम्परागत खर्च प्रणालीअनुसार यी महिनाहरूमा सबैभन्दा बढी सरकारी खर्च हुने गरिएको पाइन्छ। यसै समयमा नीति, कार्यक्रम, योजना र बजेट तयार पारिन्छ, हिसाब–किताब मिलाइन्छ, सालतमाम गरिन्छ। तर यो समयसँगै सुरु हुने …