भगवती मानव कल्याण सङ्गठनले मंसिर ७ गते पदयात्रा गर्दै, नशामुक्त नेपालकाे माग
काठमाडौं : भगवती मानव कल्याण सङ्गठनले आगामी मंसिर ७ गते नशामुक्ति जनजागरण पदयात्रा गर्ने भएको छ । “नशामुक्त नेपाल, समृद्ध नेपाल”को मूल नारासहित संगठनले काठमाडौं उपत्यका स्तरीय पदयात्राको आयोजना गरेको हो । पदयात्राको माध्यमबाट तीन तहका जनप्रतिनिधि एवम् सरोकारवाला निकायलाई ज्ञापन मार्फत देशलाई नशामुक्त घोषित गर्न खबदारी गर्ने छ ।
…