कञ्चनरुपमा यात्रु बस दुर्घटना : एकको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कार्तिक 

कमल यादव 

सप्तरी: सप्तरीको, कञ्चनरुप नगरपालिका वार्ड नं. ३, बर्मझियामा आज बिहान एक यात्रु बस दुर्घटनामा परेको छ। दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन्।

आज बिहान करिब ६:३० बजे गाईघाटबाट काकरभिटा जाँदै गरेको बसले बिपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करपछि बस अनियन्त्रित भई पल्टियो, जसमा उदयपुर निवासी मैया राईको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ।

घटनामा मोटरसाइकल चालक कञ्चनरुप-२ का सुमित पण्डित गम्भीर घाइते भएका छन्। उनलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि विराटनगर पठाइएको छ। स्थानीय प्रत्यक्षदर्शीका अनुसार स५प१५९३ नम्बरको मोटरसाइकल र प्रदेश १-०१-००१ ख ४१२६ नम्बरको बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

घटनापछि इलाका प्रहरी कार्यालय कञ्चनपुर र सशस्त्र प्रहरी बरमझियाले घाइतेहरूको उद्धार कार्य गरिरहेको छ। स्थानीय प्रशासनले घटनाको थप अनुसन्धान जारी राखेको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।