मोरङका सीमावर्ती क्षेत्रबाट १० लाख ३० हजारभन्दा बढीको अवैध सामान बरामद

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मोरङ, मंसिर १ — सशस्त्र प्रहरीले मोरङका विभिन्न सीमावर्ती क्षेत्रबाट १० लाख ३० हजार रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गण हेडक्वार्टर कंकालिनी मोरङ तथा सीमा सुरक्षा गुल्म रानीबाट खटिएको टोलीले मंसिर १ गते भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उक्त सामान बरामद गरेको हो।

बरामद सामानमा मोटर पार्ट्स, खुर्सानी, धागो र चाइनिज नासपाती रहेका छन्। ती सामान ढुवानीमा प्रयोग गरिएका एक थान मोटरसाइकल, एक थान स्कुटर र एक थान भारतीय नम्बर प्लेटको इलेक्ट्रिक स्कुटरसमेत नियन्त्रणमा लिइएको छ।

सशस्त्र प्रहरीका अनुसार बरामद सामान तथा सवारीसाधनको कुल मूल्य १० लाख ३० हजार ४५० रुपैयाँ रहेको छ। बरामद गरिएका सामान र सवारीसाधन आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।