सिरहामा ६ लाख ८० हजार रुपैयाँभन्दा बढीको अवैध सामान बरामद

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सिरहा, कात्तिक २९ — सशस्त्र प्रहरीले सिरहाबाट भन्सार छली भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ६ लाख ८० हजार रुपैयाँभन्दा बढी मूल्यको अवैध सामान बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गणबाट कात्तिक २९ गते खटिएको मोटरसाइकल गस्ती टोलीले सिरहा नगरपालिका–१५, तप्सीस्थित क्षेत्रबाट उक्त सामान बरामद गरेको हो।

प्रहरीका अनुसार बरामद सामानमा टेन्टका कपडा, आतसबाजी (पटका), किराना सामान तथा सामान ढुवानीमा प्रयोग गरिएको एक थान मोटरसाइकल रहेका छन्। बरामद सामग्रीको कुल मूल्य ६ लाख ८० हजार २२ रुपैयाँ रहेको जनाइएको छ।

बरामद सामान सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीले जनाएको छ। साथै, प्रचलित कानुनबमोजिम आतसबाजी (पटका) नष्ट गर्ने प्रक्रिया अघि बढाइएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।