मोरङ, झापा र सुनसरीबाट २७ जना फरार प्रतिवादी पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

विराटनगर, कात्तिक २९ — विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका २७ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

चाडपर्व लक्षित विशेष सुरक्षा योजनाअन्तर्गत परिचालित प्रहरी टोलीले खोजतलासका क्रममा कात्तिक २८ गते उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मोरङका २४ जना, झापाका १ जना र सुनसरीका २ जना रहेका छन्।

प्रहरीका अनुसार पक्राउ परेकाहरूबाट जरिवानाबापत १ लाख ७० हजार रुपैयाँ असुल गरिएको छ। उनीहरूलाई तोकिएको कैद भुक्तानका लागि कारागार पठाइएको छ।

अपराध नियन्त्रण, समाजमा शान्ति सुरक्षा कायम तथा अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले फरार प्रतिवादीको खोजी अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।