शिक्षक आन्दोलनको १३ औ दिन सरकार र शिक्षक दुवै दवाबमा
काठमाडौं : विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरूले आज १३ औँ दिनपनि प्रदर्शन जारी राखेका छन्।
सरकार र शिक्षकबीच दुई पटक वार्ता भएपनि कुनै निष्कर्ष ननिस्किएपछि आन्दोलनलाई निरन्तरता दिएका हुन्। आन्दोलन नेपाल शिक्षक महासंघको नेतृत्वमा गत चैत २० गतेदेखि काठमाडौंको माइतीघर मण्डलमा शुरु भएको थियो। एक सातासम्मको शान्तिपूर्ण …