बिरगंज । हनुमान जयन्तीको शोभायात्राको क्रममा भएको विवाद झडपमा परिणत भएपछि आशान्त बनेको वीरगन्जमा दोषीमाथि कारबाही गर्ने र समाजिक सद्भाव कायम राख्ने सर्वपक्षीय सहमति भएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सर्वपक्षीय बैठकले पाँच बुँदे सहमति भएको हो । सहमति अनुसार पहिलो बुँदामा उक्त घटनामा संलग्न दोषीहरूमाथि विस्तृत छानबिनरअनुसन्धान गरी कानुनी कारबाही गरिने उल्लेख छ ।
यस्तै दोस्रो बुँदा अन्तरधार्मिकरसाम्प्रदायिक सद्भाव र सहिष्णुता कायम राख्न सबै पक्ष पूर्ण प्रतिवद्ध हरी कानुनी कारबाहीको प्रक्रियामा सहयोग पुर्याउने बताइएको छ ।
सहमतिको तस्रो बुँदामा उक्त घटनामा घाइते भएका व्यक्तिहरूको निसशुल्क उपचारको व्यवस्था गर्ने र घटनाबाट भएको क्षतिपूर्तिका लागि प्रशासनले पहल गर्ने निर्णय गरिएको छ ।
यसैगरी ४ नम्बर बुँदामा धार्मिक, सांस्कृतिक सम्प्रदायले गर्ने कुनै पनि जात्रा, पर्व कार्यक्रममा हातहतियारको प्रदर्शन नगर्ने,सो गरेमा कारबाहीको दायरामा ल्याउने निर्णय गरेको प्रशासनले जनाएको छ ।
५ नम्बर बुँदामा पर्सा जिल्लामा सञ्चालित सबै धार्मिक संघ/संस्था तत् तत् संस्थाबाट सञ्चालित विद्यालयरमदरसा इत्यादीको सुक्ष्म अनुगमन गरी अन्यथा देखिएमा कारबाहीको दायरामा ल्याउने निर्णय भएको छ ।
शनिबार दिउँसो ५ बजेतिर शोभायात्रामा निस्केको समूहमाथि वीरगन्जको श्रीराम हलस्थित जामा मस्जिदबाट एक्कासी ढुंगा प्रहार गरेकोले दुवै पक्षबीच झडप सिर्जना भएको थियो ।
झडपमा मोटरसाइकल र पसलको फ्रिज बाहिर निकालेर आगजनी भएको थियो । झडप नियन्त्रण गर्न प्रहरीले ५ सेलअश्रुग्यास प्रहार गरेको थियो । झडपमा पर्साका प्रहरी प्रमुख गौतम मिश्रसहित १७ जना प्रहरीसहित करिब ४० जना घाइते भएका थिए ।
शोभायात्रा निकाल्ने क्रममा दुई समुदायबीच भएको विवाद बढ्दै गएपछि २४ घण्टा लामो कर्फ्यु लगाइएको थियो ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।