सुनसरी — जबरजस्ती करणी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, २०६४ सालमा धरान–८ निवासी १४ वर्षीया नाबालिकामाथि सामूहिक जबरजस्ती करणी गरेको अभियोगमा दोषी ठहर भएका सानु राई उर्फ विश्वजित चाम्लिङ पक्राउ परेका हुन्।
उक्त मुद्दामा सुनसरी जिल्ला अदालतको २०७३ साल भदौ १६ गतेको फैसलाले उनलाई ११ वर्ष कैद सजाय तोकेको थियो। सजाय कार्यान्वयन हुन बाँकी
रहँदै उनी फरार रहेका थिए।
प्रहरीका अनुसार, मिति २०८२ चैत २६ गते राति करिब ९:३० बजे वडा प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले उनलाई आफ्नै घरबाट पक्राउ गरेको हो।
पक्राउ परेका राईलाई आवश्यक कानुनी कारवाहीका लागि सुनसरी जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।
प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी चन्द्र बहादुर खड्काले फरार अभियुक्तहरूको खोजी कार्यलाई निरन्तरता दिइने र कानुन कार्यान्वयनमा कडाइ गरिने बताए।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।