हनुमाननगरमा दुःखनी देवी धर्मशाला भवनको समुद्घाटन सम्पन्न
रबि शर्मा
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–७ मा दुःखनी देवी धर्मशाला भवनको समुद्घाटन समारोह भव्य रूपमा सम्पन्न भएको छ। स्वर्गीय दुःखनी देवी साहबाट उपलब्ध गराइएको जग्गामा मधेश प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय माननीय श्री नवल किशोर साह सुडीज्यूको संसदिय विकास कोषमार्फत निर्माण गरिएको यो भवनको समुद्घाटन संघीय सरकारकाे महिला, बालबालिका तथा …