जनकपुरधाम । नेकपा (एमाले) धनुषा जिल्ला अधिवेशन हिंसात्मक झडपमा परिणत भएको छ। जनकपुरस्थित महेन्द्र नारायण निधि मिथिला संस्कृति भवनमा आयोजित अधिवेशनमा उम्मेदवारीको विषयमा विवाद चर्किँदा दुई समूहबीच कुटाकुट र कुर्सी हानाहानको दृश्य देखिएको हो। विधानविपरीत उम्मेदवारी परेको भन्दै विवाद सुरु भएपछि स्थिति तनावपूर्ण बनेको हो।
अधिवेशनस्थलमा तत्काल ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको छ। घटनाले एमालेभित्र बढ्दो गुटगत राजनीति र अनुशासनहीनता पुनः उजागर गरेको छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतिबाट नेतृत्व चयन गर्न जिल्लाहरूमा निर्देशन दिएका थिए, तर ती निर्देशनलाई बेवास्ता गर्दै नेताहरू गुट बनाएर प्रतिस्पर्धामा उत्रिँदा पार्टीभित्रको समन्वयमा दरार देखिएको छ। पछिल्ला घटनाक्रमहरूले एमाले नेतृत्वले चाहेको एकता अभियान आफैं कमजोर भइरहेको सन्देश दिन थालेको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।