जनकपुरमा पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जनकपुरधाम, असार १३

कैलाश माझी : धनुषाको जनकपुर उपमहानगरपालिका–९ थापा चोकस्थित एक होटलबाट प्रहरीले पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ निवासी २० वर्षीय अमन यादव र हंसपुर नगरपालिका–६ सोनीगामा निवासी १८ वर्षीय सुधिर मुखिया रहेका छन्।

प्रहरीले नियमित चेकजाँचका क्रममा उनीहरूको साथबाट काठको बिँड जडान गरिएको ‘Eagle Raptor’ लेखिएको एक थान पेस्तोल, सोही पेस्तोलको एक थान म्यागजिन, ९ एमएमको एक राउन्ड र ७.६५ एमएमकेएफका चार राउन्ड गरी जम्मा पाँच राउन्ड गोली बरामद गरेको जनाएको छ।

बरामद हातहतियार तथा गोलीसहित दुवै जनालाई नियन्त्रणमा लिई हातहतियार तथा खरखजाना सम्बन्धी कसुर अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।