काठमाडौं : इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेकी प्रहरी नायव उपरीक्षक (डिएसपी) लक्ष्मी खनालले कार्यालय प्रमुख महिला या पुरुष भन्ने कुराले महत्व नराख्ने बताएकी छिन् ।बुधबार पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रहरी नायव उपरीक्षक डिएसपी खनालले आफुलाई महिलाको रुमा मात्र नबुझ्न आग्रह गरिन् ।
उनले भनिन् ‘केहलपुरमा महिला डिएसपी आयो भन्ने धेरैको भ्युज देखिरहेको, सुनिरहेको छु । महिला आएको छ भन्दा पनि डिएसपी आएको छ भन्ने बुझिदिनुहोला ।’नेपाल प्रहरीको सिस्टमबाट आफु कोहलपुर आएको प्रष्ट पार्दै डिएसपी खनालले भनिन्, ‘नेपाल प्रहरीको एउटा सिस्टम छ, हामी सबै सिस्टमले चल्ने हो ।’
खनालले आफु कोहलपुरका लागि नयाँ भएपनि यहाँको वस्तुस्थिति अध्यन गरेर आएको र विगतका रिपोर्टहरु पनि अध्ययन गरिरहेको उल्लेख गरिन् ।उनले पत्रकारहरुसँग हातेमालो गर्दै समाज परिवर्तन र कानून परिपालना गर्न गराउन दत्तचित्त भएर लागिपर्नेमा विश्वस्त हुन सञ्चारकर्मीहरुलाई अपिल गरिन् ।
प्रहरी समाचार कक्ष नक्सालबाट सरुवा भई एक हप्ताअघि कोहलपुर पुगेकी डिएसपी खनाललाई नगरमैत्री बन्न पत्रकारहरुले आग्रह गरेका थिए । खनाललाई सूचना सहज पहुँचको वातावरण निर्माणकालागि समन्वय गर्न समेत पत्रकारहरुले सुझाव दिए ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।