राष्ट्रपतिलाई अध्यादेश अस्वीकृत गर्न जेनजी मुभमेन्टको अनुरोध
काठमाडौं — जेनजी मुभमेन्ट नेपालले राष्ट्रपति रामचन्द्र पौडेललाई पत्र पठाउँदै प्रस्तुत अध्यादेश अस्वीकृत गर्न आग्रह गरेको छ।
मुभमेन्टका प्रवक्ता विजय शाहले राष्ट्रपति भवन शीतल निवासलाई सम्बोधन गर्दै लेखेको पत्रमा हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनले दिएको जनादेशलाई सम्मान गर्दै अध्यादेशमार्फत शासन चलाउने प्रयास लोकतान्त्रिक प्रक्रियाविपरीत भएको बताएका छन्।
पत्रमा भनिएको छ, “अध्यादेश …