ग्रीस पठाइदिन्छु भन्दै ठगी, महिला पक्राउ
काठमाडौं। वैदेशिक रोजगारीमा ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन्।
पक्राउ पर्नेमा नवलपरासी पूर्व हुप्सेकोट गाउँपालिका–४ झ्यालबास घर भई काठमाडौं महानगरपालिका–१६ बनस्थली बस्ने ३० वर्षीया रोश्मी सोती छिन्।
उनलाई बुधबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। रोश्मीले ग्रीस पठाइदिन्छु भन्दै एक जना …