हर्क साम्पाङलाई खानेपानी मन्त्रीको आश्वासन- धरानमा खानेपानीको समस्या चाँडै समाधान हुन्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। खानेपानी मन्त्री प्रदिप यादवले धरानमा खानेपानीको समस्या चाँडै समाधान हुने आश्वासन दिएका छन्। खानेपानी मन्त्रालयमा पुगेका धरानका मेयर हर्क साम्पाङलाई मन्त्री यादवले धरानमा खानेपानीको लागि यही वर्ष टेण्डर निकाल्ने आश्वासन दिए।

मन्त्री यादवले आफू धरानवासीप्रति सधैँ सकारात्मक रहेको बताउँदै खानेपानीको समस्या समाधानका लागि एकीकृत खानेपानी आयोजना अन्तर्गत एसियाली विकास बैंकको ऋण सहयोगमा यस वर्षभित्र खानेपानी सम्बन्धी टेण्डर आह्वान गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले धरानका जनताको माग अनुसार खानेपानी मन्त्रालयले काम गर्ने र धरानको समस्या छिटै समाधान हुने बताए। मन्त्री यादवले खानेपानीको समस्या देशैभर रहेको भन्दै धरानमा मात्र हैन देशैभरको खानेपानीको समस्या समाधान गर्ने दावी गरे।

खानेपानी मन्त्री यादवसँगको भेटपछि मेयर साम्पाङले धरानमा खानेपानीको समस्या समाधान हुनेमा आफू सकारात्मक भएको बताए। धरानको खानेपानी समस्या समाधानका लागि मंगलबार सिंहदरबार पुगेका मेयर साम्पाङले खानेपानीमन्त्री यादवसँग भेट गरेर आफ्ना समस्या राखेका थिए।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।